नियम २०
विवादसँग सम्बन्धित स्थान वा कार्यस्थलको निरीक्षण गर्न सक्ने ;
(१) अदालतको आदेशले ऐनको दफा १५३ को खण्ड (घ) बमोजिम विवादसँग सम्बन्धित स्थान वा कार्यस्थलको निरीक्षण गर्दा स्थानीय तहका सदस्य समेतको रोहवरमा विवादसँग सम्बन्धित स्थान वा कार्यस्थलको निरीक्षण गरी प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा विवादका पक्षहरुसँग आवश्यक कुरा बुझ्न सकिनेछ।